राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लगाएको गुण तिर्न आफू अदालत धाइरहेको बताएका छन्।
अध्यक्ष ओलीले एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै यसअघि आफूले रवि लामिछानेलाई गुन लगाएको लामिछानेले भने अहिले आएर बिर्सिएको बताएका थिए।
ओलीको उक्त अभिव्यक्तिप्रति व्यङ्ग्य गर्दै काठमाडौं जिल्ला अदालतमा तारिकका लागि पुगेका लामिछानेले आज ओलीले लगाएको गुन तिर्न आफू अदालत धाइरहेको बताएका हुन् ।
अदालतमा सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै लामिछानेले भने, “केपी ओलीले गुन लगाएको भन्नुभएको छ । त्यही गुन तिर्न अदालत धाइरहेको छु। सबै जिल्लाको महिना सातै दिन म जानुपर्नेछ। जिउमा किलो ठोके जस्तो भएको छ, अन्य अदालतमा जाँदैछु । हाजिर गर्नुपर्नेछ, म आज यहाँ आए एक हप्तापछि अन्यत्र पनि जानुछ । बिख शरीरभरि बाँकी नै छ।”