logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

रमेश लेखकलाई बयानका लागि जाँचबुझ आयोगले पठायो पत्र


  • राजनीति
  • मंगलबार, पुष ८ २०८२

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन बारे अनुसन्धान गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र पठाएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि आज पत्र काटिएको हो । अध्यक्ष कार्कीले नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने पत्र पठाइएको छैन् ।

जेनजी आन्दोलन पछि घटनाको यथार्थ अनुसन्धान गर्नका लागि सरकारले कार्कीको अध्यक्षतामा तीन सदस्य अनुसन्धान टोली गठन गरेको थियो। सुरुमा आयोगलाई तीन महिनाको समय दिएको थियो उक्त समयमा काम सम्पन्न नभएपछि आयोगको अनुरोधमा सरकारले थप एक महिनाको समय दिएको छ् ।

आन्दोलनको विषयमा यता राष्ट्रिय मानव अधिकार आयोगले पनि अनुसन्धान जारी राखेको छ ।

आन्दोलनको क्रममा प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भने आफू जाँचबुधm आयोगलाई बयान दिन नजाने बताउँदै आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार