logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सरकारी टोलीले गर्यो रास्वपा कार्यालयको अनुगमन


  • राजनीति
  • बुधबार, पुष ९ २०८२

काठमाडौं । अन्तरिम सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनको क्रममा आगजन र तोडफोड गरिएका राजनीतिक दलका पार्टी कार्यालयहरूको अनुगमन गरिरहेको छ।

सोही क्रममा सरकारी टोली आज वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टीघरमा पुगेको छ। भदौ २३ र २४ गते भएको जनजी आन्दोलनको क्रममा रास्वपाको कार्यालय भने तोडफोड गरिएको थिएन।

रास्वपा र राप्रपा बाहेक सबै ठूला राजनीतिक दलका कार्यालयहरूमा तोडफोड आगजनी गरिएको थियो। हिजो सरकारी टोलीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गरेको थियो।

कानुनमन्त्री अनिल कुमार सिन्हा सूचना सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल को टोली आज रासपा कार्यालय पुगेको थियो।

सरकारी टोलीले राष्ट्रपा कार्यालयमा उपसभापति डिपी अर्यालसँग संवादसमेत गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार