राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
बिहिवार ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा शाह र लामिछानेबीच भेटवार्ता भएको हो । वार्तासकिएपछि बाहिरिएका लामिछानेलाई सञ्चारकर्मीहरुले वार्तामा के भयो ? भनेर प्रश्न गरेका थिए ।
सञ्चारकर्मीहरुको प्रश्नपछि लामिछानेले आफ्नो अनुहारले के भन्छ ? भनेर प्रतिप्रश्न गरेका थिए । त्यसपछि लामिछानेलाई सञ्चारकर्मीहरुले लौरो टेक्ने की घण्टी बजाउने हो ? भनेर प्रश्न गरेका थिए ।
त्यसको जवाफ दिँदै लामिछाले परिणामका लागि अलिकति प्रतिक्षा गर्नुपर्ने बताएका थिए । त्यसको जवाफमा लामिछानेले भने, “अलीकति प्रतिक्षा गर्नुस् न, समयले बताउँला ।”