logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

जेनजीका प्रतिनिधिहरुले नै दिननिदै पद छोड भनेर गालीगलौज गरिरहेका छन् : प्रधानमन्त्री कार्की


  • राजनीति
  • बिहिबार, पुष १० २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरुले नै आफुलाई पद छोड्न दबाब दिइरहेको बताएकी छिन् ।

बिहिवार काठमाडौंमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले राजनीतिक दल र जेनजीका प्रतिनिधिहरुले नै आफूलाई दिनदिनै सरकार छोड भनेर गालीगलौज गर्ने गरेको बताएकी हुन् ।

सबै तिरबाट गाली आएको भनेर दिग्दारी व्यक्त गर्दै कार्कीले आफूहरुको बारेमा पनि कथा लेख्न सुझाइन् । कतै जाँदा पनि सुख नहुने अवस्थामा आफूहरु रहेको प्रधानमन्त्री कार्कीको भनाई रहेको छ ।

उनले भनिन्, “हामी अचानो जस्तो पो रहेछौं । राजनीतिक दलले पनि गाली गर्छन । मारले गाली गर्छ । अहिले छोड, भोली छोड भन्छन् । जेनजीले पनि आजै छोड, भोली छोड, पर्सी छोड भन्छन् । छोडौं भने के छोडौं, छोडेको भोलीपल्ट थुक्क पालो त दिएको थियो नि तिमीहरुलाई एउटा, तिमिहरुको औकात त छोडेर हिड्ने न रहेछ के गर्यौं भन्ने भाष्य आउँछ ।”

आफूहरुलाई कही जाँदा पनि सुख नहरने अवस्था रहेको भन्दै प्रधानमन्त्री कार्कीले मुलुक बंगलादेश जस्तो नहोस् भन्ने सुरमा आफूहरु रहेको बताइन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको थियो । अहिले कार्कीले जनेजीहरुको माग अनुसार काम गर्न नसकेको भन्दै जेनजीका प्रतिनिधि र राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री कार्कीको राजीनामा माग गरिरहेका छन् भने केही जेनजी अगुवाहरुले आन्दोलन सुरु गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार