राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखक उच्च स्तरीय जाँचुबझ आयोगमा बयान दिन जाने भएका छन् ।
आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री लेखकले आयोगमा बयान दिन जाने बताएका हुन् । आयोगले भोली (शुक्रबार) बोलाएको तर आफू भने सोमबार आयोगमा बयान दिन जाने उनले जानकारी दिए ।
उनले भने, “गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घटेका घटना छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले घटनाका बारेमा जानकारी लिन मलाई बोलाएको छ । मैले आयोगमा जाने निणय गरेको छु । उहाँले मलाई भोली बोलाउनु भएको छ । तर, म सोमबार जान्छु ।”
आयोगले घटनामा संलग्न विभिन्न व्यक्तिहरुसँग बयान लिइरहेको छ । लेखकको बयान लिएपछि आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी गरेको छ । तर यता ओलीले भने आफू आयोगमा बयान दिन नजाने अडान लिँदै आएका छन् ।