राजनीति
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्द सूची सोमबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकका निर्णय सर्वाजनिक गर्दै एमाले सचिव महेश बस्नेतले यस्तो जानकारी दिए ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका सबै नाममा आएका सुझाव समेटेर फेरि अध्यक्ष ओलीले नै टुंग्याएर सोमबार आयोगमा पेश गर्ने निर्णय भएको उनले बताए ।