राजनीति
काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष आज (पुस १४) बयान दिने भएका छन् ।
आज मध्याह्न १२ बजे उनी आयोगमा उपस्थित हुने लेखकको सचिवालयले जनाएको छ । लेखकले आजै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यममार्फत आफ्नो धारणा सार्वजनिक गर्ने पनि जनाइएको छ ।
आयोगले घटनामा संलग्न विभिन्न व्यक्तिहरुसँग बयान लिइरहेको छ । लेखकको बयान लिएपछि आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी गरेको छ । तर यता ओलीले भने आफू आयोगमा बयान दिन नजाने अडान लिँदै आएका छन् ।