राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच सहमति जुटेको छ ।
घिसिङ रास्वपाको उपसभापति हुने गरी सहमति भएको र अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुने तयारी भएको जनाइएको छ । कमलपोखरिस्थित रास्वपा नेता असिम साहको कार्यालयमा वार्ता जारी रहेको बताइएको ।
वार्तामा बालेन्द्र शाह, रवि लामिछाने र कुलमान घिसिङ सहभागी रहेका छन् । यो सँगै कुलमान नेतृत्वको उज्याले नेपाल पार्टी पनि र रास्वपाबीच एकता हुने भएको छ ।