logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

विचारविहीनहरुले नेपाल पुरै कब्जा गरिसकेको भनेजस्तो गरी भ्रम सिर्जना गर्न खोजियो : प्रचण्ड


  • राजनीति
  • मंगलबार, पुष १५ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन् भनेर भ्रम परिरहेको बताएका छन्।

आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले दशकौंदेखि त्याग, तपस्या, विचार, निष्ठामा कृतिमान राख्नेहरूहरूको अपमान गर्ने षड्यन्त्र भइरहेको बताए ।

वर्तमान समयमा विचारविहीन, इतिहासविहीन, त्याग तपस्याविहीनहरूले नै नेपाल पुरै कब्जा गरिसकेको भनेजस्तो गरी सामाजिक सञ्जालमा प्रस्तुत गर्न खोजिएको उनले बताए ।

सहर बजारमा गरेजस्तो हल्ला नभएको र जनता अहिले पनि नेकपा र आफूहरूले गरेको पार्टी एकताप्रति सकारात्मक भाव रहेको जस्तो आफूलाई महसुस भएको भन्दै उनले सामाजिक सञ्जालमा हो–हल्ला गरिएको जस्तो परिस्थिति नभएको दाबी गरे ।

सामाजिक सञ्जालमा रमाएर हो–हल्ला गरेर नेपाल कब्जा गरिएजस्तो ठान्नेहरूविरुद्ध नेपाली जनताहरू एक भएर लाग्नुपर्ने संयोजक प्रचण्डको भनाइको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार