राजनीति
काठमाडौं । सरकारले मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।
सूचना, सञ्चार तथा प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलले मंगलबार पुस ११ र २१ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
बैठकले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि विश्व बैंकबाट प्रस्तावित ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा सैद्धान्तिक सहमति दिने, प्रत्येक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवस मनाउने, नेपाल र भारत सरकारबीच हुने स्वास्थ र औषधि क्षेत्रमा सहकार्य गर्ने निर्णय गरेको छ ।
त्यस्तै, जेनजी सहिदका परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने गरी जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने, नेपाल सरकार र ओमन सरकारबीच हुने समझदारीपत्र स्वीकृत गर्ने, नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता स्वीकृत गर्ने लगायतका निर्णयहरु भएका छन् ।
