logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राजनीतिमा लाग्ने मन्त्रीहरुलाई बाटो क्लियर गर्न प्रधानमन्त्रीको निर्देशन


  • राजनीति
  • मंगलबार, पुष २२ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा प्रवेश गरेका र गर्ने तयारीमा रहेका मन्त्रीहरुलाई बाटो क्लियर गर्न निर्देशन दिएकी छिन् ।

चुनावको मिति निजिकिँदै गर्दा केही मन्त्रीहरु राजनीतिक क्रियाकलापमा लागेको र उनीहरु दलमा नै आबद्ध भएकोले प्रधानमन्त्री कार्कीले सामबार बसेको बैठकमा तत्काल पद छोड्न भनेकी हुन् ।

बैठकमा प्रधानमन्त्री कार्कीले अहिले परिस्थिति फरक रहेको भन्दै यस अवधिमा सरकार बसेको राम्रो कार्य गरेको धन्यवाद दिँदै केही मन्त्रीहरु चुनाव लड्ने प्रष्ट भैसकेकाले उनीहरुलाई तत्काल पद छोड्न भनेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार प्रधानमन्त्री कार्कीले राजनीतिमा जान चाहेका मन्त्रीहरुले तत्काल मार्ग प्रशस्त गर्दा राम्रो हुने भन्दै अन्य मन्त्रीहरु जसले राजनीतिमा जान चाहेका छन् । उनीहरुको हकमा पनि यही कुरा लागु हुने बताएकी छिन् ।

जेनजी आन्दोलन गठन भएपछि प्रधामन्त्री कार्कीको नेतृत्वमा गठित अन्तिम सरकारमा उर्जा जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय सम्हालीरहेका मन्त्री कुलमान घिसिङ र जेनजीको तर्फबाट मन्त्रीपरिषद्मा सहभागी भएका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता प्रत्यक्ष रुपमा राजनीतिक दलमा सहभागी गरेका छन् ।

मन्त्री घिसिङको संरक्षकमा उज्यालो नेपाल पार्टी गठन भएको थियो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वासहितको एकतामा कुमाल घिसिङ र जनेजी मन्त्री गुप्ता प्रत्यक्ष रुपमा नै सहभागी भएका थिए ।

घिसिङ रास्वपाको उपसभापति समेत बनिसकेका छन् । यसरी अन्तिम सरकारका मन्त्रीहरु नै दलमा प्रवेश गरेर चुनाव लड्ने तयारीमा रहँदा उनीहरुले तत्काल मन्त्री पद छोड्नु पर्ने भन्दै चौतर्फी आलोचना समेत भैरहेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेल पनि रास्वपाबाट चुनाव लड्ने तयारीमा रहेको बताइएको छ । खरेलले भने गुप्ता र घिसिङ जस्तो प्रत्यक्ष रुपमा कार्यक्रममा सहभागी भएका छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार