राजनीति
काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भएका छन् ।
खुल्ला कोटाबाट अरु कसैको मनोनयन दर्ता नभएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । थापा निर्विरोध निर्वााचित भएको औपचारिक घोषणा भने पुस २७ गते हुनेछ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट राष्ट्रिय सभामा उम्मेदवारी सिफारिस भएका संखुवासभाका नेता हेमराज घिमिरे भने निर्धारित समयभित्र विराटनगर आइपुग्न नसकेको बताइएको छ ।