logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूत थम्सनको बिदाइ भेट


  • राजनीति
  • बिहिबार, पुष २४ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डान आर थम्सनले आज बिदाई भेट गरेका छन् ।

राजदूत थम्सन सहितको टोलीले आज महाराजगञ्जस्थित राष्ट्रपति भवन शितलनिवासमा पुगेर राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेको हो । अवसरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

साथै राष्ट्रपति पौडेलले रादूत थम्सनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गरेको धन्यवाद समेत व्यक्त गरेका थिए । थम्पसनले यस अघि प्रधानमन्त्री सुशीला कार्कीसँग पनि बिदाइ भेट गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार