logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

विवाद बढेपछि खेलकुद मन्त्री बब्लु गुप्ताले गरे अमेरिका भ्रमण स्थगित


  • राजनीति
  • शुक्रबार, पुष २५ २०८२

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आगामी माघ ३ गते अमेरिका जाने कार्यक्रम स्थगित गरेका छन् ।

समय अपुग भएकाले मन्त्री गुप्ता अहिलेका लागि अमेरिका नजाने उनका स्वकीय सचिव विनोद रिमालले जानकारी दिए । उनले भने, “भिसा लगायतका प्रक्रियाका लागि समय लाग्ने भयो । त्यसैले समय अपुग भएकाले उहाँ अहिलेका लागि अमेरिका जानुहुन्न ।”

यस अघि मन्त्रीपरिषद् बैठकले ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ सम्बन्धी कार्याक्रममा सहभागी हुन् मन्त्री गुप्तालाई स्वीकृती दिएपछि उनको अमेरिका भ्रमणमा जाने विषयालाई लिएर सामाजिक सञ्जालमा चर्चा भएको थियो ।

मन्त्री गुप्ता राजीनामा दिन भन्दा अघि एक पटक अमेरिका जान चाहेको भनेर सामाजिक सञ्जालमा भाइरल भएको थियो एक पक्षले उनलाई अमेरिकामा आधिकारीक रुपमा कुनै संस्थाले नबोलाएको भन्दै चर्चा चलेको थियो । यसका बीच आज अमेरिकामा रहेका दुई वटा एनआरएनए समूहले फरक फरक विज्ञप्ति जारी गर्दै आउटाले बोलाएको र अर्काेले मन्त्री गुप्पतालाई कुनै पनि कार्यक्रममा निमन्त्रणा नै नदिइएको भन्दै जारी गरिएको थियो ।

एनआरएनएको विवादास्पद विज्ञप्ति पछि मन्त्री गुप्ताको अमेरिका भ्रमणको विषय झनै विवादमा पर्यो । यो सँगै उनले अब अमेरिका जाने कार्यक्रम नै रद्द गरेको जनाइएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा गुप्ता जेनजीको तर्फबाट युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका थिए ।

मन्त्री गुप्ताको अमेरिका भ्रमण विवादमा परेसँगै मन्त्री र समग्र सरकारकै कार्यशैलीमाथि प्रश्न उठीरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार