राजनीति
snake-at-taudaha
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता भंग भएको छ ।
दुई पार्टीबीचमा पावर सेयरीङ, पद र अन्य विषयमा आपसी समझदारी बन्न नसकेपछि एकता भंग भएको बताइएको छ । रास्वपासँगको एकता भंग भएसँगै उज्यालो पार्टीको नेतृत्व संरक्षक कुलमान घिसिङले गर्ने भएका छन् ।
कुलमान घिसिङलाई उज्यालो नेपाल पार्टीले अध्यक्षमा चयन गरेको छ भने प्रवक्तामा डा. राजु थापालाई भएको औपचारिक घोषणा गरिने जनाइएको छ ।
उज्याले नेपालसँगको एकता भंग भएसँगै रास्वपाले आकस्मीक रुपमा बोलाएको सचिवालय बैठक जारी रहेको छ । बैठकमा सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीको तर्फबाट अघि सारिएको केही मागहरु पूरा गर्न नसकिएकोले एकता टुटेको ब्रिफिङ गरेको बताइएको छ ।