logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

समानुपातिक बन्दसूचीबाट उम्मेदवारले भोली नाम फिर्ता लिन सक्ने


  • राजनीति
  • आइतबार, पुष २७ २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकका लागि बुझाइएको बन्दसूचीबाट उम्मेदवारले पुस २८ गते नाम फिर्ता लिन सक्ने जनाएको छ ।

बन्दसूचीमा नाम समावेश भएका कुनै पनि उम्मेदवारले फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची १८ अनुसार निवेदन दिनसक्ने जनाएको छ ।

आयोगले विहान १० देखि दिउँसो २ बजेसम्म नाम फिर्ता लिन सक्ने समय तोकेको छ ।

उम्मेदवार कारणवश उपस्थित हुन सक्ने अवस्था नभएमा वारेसमार्फत नाम फिर्ताका लागि निवेदन दिनसक्ने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार