logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नेपोबेपीको राज देखेर जनता रिसाएकै हुन् : महामन्त्री थापा


  • राजनीति
  • आइतबार, पुष २७ २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपो बेबीको राज देखेर जनताहरू रिसाएको बताएका छन्।

आइतबार काठमाडौंस्थित भृकुटी मण्डपमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

गणतन्त्रमा पनि नेपोबेबीको राज देखेर जनता रिसाउँदा भदौ २३ र २४ मा भावना व्यक्त गरेको महामन्त्री थापाको भनाई रहेको छ ।

“भदौ २३ र २४ मा भएका दोषीले सजाय पनि पाउलालान भनेर त्यतिमात्रै भएको होइन । नेपालका लाखौँ लाख नरनारीले रिस र आक्रोश व्यक्त गरेका हुन् । सरकारसँग व्यक्त गरेका हुन् । सरकारमा को थियौँ ? हामी थियौँ । संसद्मा को थियौँ ? हामी थियौँ । भ्रष्टाचार, कुशासनसँग जोडिएको आन्दोलन पनि थियो । राजा फालेर ल्याएको गणतन्त्रमा नेपोबेबीको राज देखेर रिसाएका हुन् जनता,” महामन्त्री थापाले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार