राजनीति
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले माघ ४ गते अधिवेशन आह्वानको लागि राष्ट्रपति पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन हुनुको साथै प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।
अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतनिधिसभाको निर्वाचनको घोषणा गरेसँगै निर्वाचनको तयारीलाई तीव्र पारेको छ । अन्तरिम सरकारले पहिलो पटक राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेको हो ।