logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रिय सभाको अधिवेशन आह्वान


  • राजनीति
  • सोमबार, पुष २८ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आहवान गरेका छन् ।

पौडेलले माघ ४ गते आइतबार दिनको ११ बजे बस्ने गरी राष्ट्रिय सभाको बैठक आह्वान गरेका हुन् । अधिवेशन संघीय संसद सचिवालय, सिंहदरबारमा बस्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले माघ ४ गते अधिवेशन आह्वानको लागि राष्ट्रपति पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

“सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०९/२८ को सिफारिसमा संवत् २०८२ साल माघ ४ गते आइतबारका दिन ११:०० बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्‍ट्रिय सभाको अधिवेशन आव्हान गर्नुभएको छ,” राष्ट्रपति कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको बैठक बस्न लागेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार