logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कांग्रेस विवाद : महामन्त्रीद्धय शर्मा र थापासँग छलफल गर्दै सभापति देउवा


  • राजनीति
  • बुधबार, माघ १ २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्रीद्धय विश्व प्रकाश शर्मा र गगन कुमार थापासँग छलफलमा जुटेका छन्।

विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया समेत सुरु भएसँगै हिजो अबेर रातीसम्म भएको वार्तामा पनि निष्कर्ष ननिस्केपछि विवाद समाधानका लागि देउवा आफै अगाडि अग्रसर भएका हुन् ।

महामन्त्रीद्धय थापा र शर्मालाई सभापति देउवाले छलफलका लागि महाराजगंजस्थित आफ्नो निवासमा बोलाएका छन्।

छलफलमा संस्थापन पक्षबाट सभापति देउवा सहित काङ्ग्रेस नेता बालकृष्ण खाण र रमेश लेखक पनि सहभागी भएको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार