राजनीति
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
शर्माले उम्मेदवार नबन्ने घोषणा गरेसँगै उनको निर्वाचन क्षेत्र झापा– १ बाट नयाँ नाम सिफारिस गरिएको छ । आज बसेको कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रीय समितिको बैठकले पाँच जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकिले जानकारी दिए ।
सिफारिस हुनेमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, अधिवक्ता अशोक कुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेश कुमार पनेरु रहेका छन् ।
२०७९ को निर्वाचनमा पार्टीका तत्कालीन महामन्त्री एवम् निवर्तमान उपसभापति शर्माले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । गत महिना पार्टीको क्षेत्रीय समितिले उपसभापति शर्माको नाम एकल सिफारिस गरेको थियो ।
शर्माले उम्मेदवार नबन्ने घोषणा गरेपछि पुनः नयाँ नाम सिफारिस गरिएको हो ।