राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन् ।
मेयर शाहले आज उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । स्वतन्त्र रुपमा मेयरमा जितेका बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेसँगै आगामी प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीका साथ राजीनामा दिएका हुन् ।
रास्वपाको वरिष्ठ नेता भइसकेका मेयर शाहले आगामी संसदीय निर्वाचन झापा– ५ बाट एमाले अध्यक्ष ओलीसँग लड्ने तयारी गरेका छन् । शाहले उपमेयर सुनिता डंगोलसमक्ष बुझाएको राजीनामा पत्रमा आफ्नो स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।