logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

रास्वपा प्रवेश गर्दै अमरेशसिंहले भने : बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु


  • राजनीति
  • सोमबार, माघ ६ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन् ।

बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने उनको भनाइ छ ।

‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु,’ उनले दोहोर्‍याएर भने, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’

नेता सिंहले बालेन देशको नायक भएको भन्दै मञ्चबाट भोट मागेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार