राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर एवम् रास्वपाका वरिष्ठ नेता बालेन शाहले झापा– ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
आफ्ना समर्थक सहित मेयर शाहले दमकस्थित निर्वाचन आयोगको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् । यो सँग बालेनले अब पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।
ओलीले पनि झापा– ५ बाट नै उम्मेदवारी दर्ता गर्दैछन् । बालेनले निर्वाचन लड्न काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका थिए ।
रास्वपाले बालेनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ । यो सँगै झापा–५ को चुनावी माहोल निकै रोचक बन्ने भएको छ ।