राजनीति
काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।
निर्वाचन आयोगको कार्यालयले चौधरीको उम्मेवारी खारेज गरेको हो । २०७२ भदौ ७ मा भएको टिकापुर घटनामा सर्वाेच्च अदालतले चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।
चौधरी राष्ट्रपतिबाट आम माफी पाएर जेलमुक्त भएका थिए । प्रतिनिधिसभा निर्वाचन ऐनमा जन्मकैद पाएका व्यक्ति उम्मेदवार बन्न नपाउने कानूनी व्यवस्था रहेको छ ।
सोही प्रावधान अनुसार परेको उजुरीमा छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले रेशम चौधरीको उम्मेदवारी खारेज हुने सूचना टाँस गरेको हो ।