राजनीति
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अनुसन्धान गर्न गठित उच्चस्तरीय जाँचबुभ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ ।
बिहिवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको गृहमन्त्री एवम् प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए । आयोगको अध्यक्ष गौरीबहादुर कार्कीले प्रधामन्त्री सुशीला कार्की समक्ष म्याद थपका लागि अनुरोध गरेपछि म्याद थप गरिएको हो ।
आयोग गठन भएपछि घटनाको जाँचबुझ गरी तीन महिनाभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने समय दिइएको थियो । तर, तोकिएको समयमा काम नसकिएपछि दोस्रो पटक म्याद थप गरिएको हो ।