logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

डा.बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता


  • राजनीति
  • शुक्रबार, माघ १० २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी फिर्ता लिएका छन् ।

डा. भट्टराईले आफ्ना नजिकका नेताहरुसँग छलफल गरेपछि उम्मेदवारी फिर्ता लिएका हुन् । पूर्वप्रधामन्त्री भट्टराईले गोरखा– २ बाट उम्मेदवारी दिएका थिए । भट्टराईले आज सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।

भट्टराईले आफूले विभिन्न राजनीतिक दलहरुका नेताहरुसँगको छलफलपछि मनोनयन दर्ता फिर्ता लिने निर्णय गरेको बताएका छन् । गोरखा– २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट लेखनाथ न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कबिन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसको तर्फबाट प्रकाशचन्द्र दवाडी उम्मेदवार बनेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार