राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा आर्थिक चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई स्वागत गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन् । “निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी निर्वाचनमा पहिलो पार्टी नेकपा बन्न सक्छ ।”
पार्टीलाई बलियो बनाएर मात्र राष्ट्र र जनताको हित सुनिश्चित गर्न सकिने भन्दै संयोजक प्रचण्डले जनवादी क्रान्तिपछि अब समाजवादी क्रान्तिका लागि आफूहरु सबै अगाडी भएर बढ्नुपर्ने उनले बताए ।