राजनीति
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा काम गर्नका लागि सचिव चन्द्रकला पौडेललाई जिम्मेवारी दिएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अर्काे व्यवस्था नभए सम्मको लागि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई प्राधिकरणको सञ्चालक समिति अध्यक्ष तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
बैठकले विभिन्न पाँच वटा जलविद्युत आयोजनालाई वन क्षेत्रको प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको प्रवक्ता अर्यालले बताए ।
उनका अनुसार बैठकले सुतीखोला जलविद्युत आयोजना, तामाकोशी पाँचौ जलविद्युत आयोजना, माथिल्लो संखुवासभा जलविद्युत् आयोजना र सेतिखोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।