logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काठमाडौंमा रास्वपा प्रतिस्पर्धामै छैन : महासचिव पोखरेल


  • राजनीति
  • शुक्रबार, माघ १७ २०८२

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले यस पालिको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंमा प्रतिस्पर्धामा नै नभएको दाबी गरेका छन् ।

अघिल्लो निर्वाचनमा रास्वपा काठमाडौं २, ६, ७ र ८ मा विजयी भएको थियो । अघिल्लो पटक चार सिट जितेको रास्वपालाई महासचिव पोखरेलले यस पटक भने प्रतिस्पर्धा नै नहुने दाबी गरेका हुन् ।

उनले भने, “काठमाडौंमा त अहिले रास्वपा प्रतिस्पर्धामै छैन भन्ने विश्लेषण छ । एउटा रोचक विश्लेषण तपाईं–हामी सबैलाई अनौठो लाग्ला । जहाँबाट रास्वपाको जन्म भयो । त्यो ठाउँमा रास्वपा प्रतिस्पर्धामा छ कि छैन भन्दा छैन भन्ने विश्लेषण आइराख्या छ ।”

महासचिव पोखरेलले रास्वपाको प्रभाव ग्रामीण क्षेत्रमा पहिलो भन्दा अहिले बढेको देखिएको बताए । उनले सामानुपातिक तर्फ पनि रास्वपाको सहरी क्षेत्रमा मत घट्ने विश्लेषण रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार