logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री अर्याल


  • राजनीति
  • शनिबार, माघ २५ २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ गरिएको दाबी गरेका छन् ।

निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयन बारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाको सुदृढ प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

“वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु भएकाले हाम्रो ध्यान शान्तिपूर्ण वातावरणमा त्यो सम्पन्न गर्नेमा नै केन्द्रीत छ । मतदातालाई निर्भिक भएर मतदानमा सहभागी हुन् अनुरोध छ । देश भर निर्वाचनको वातावरण बनिसकेको छ । मौसम पूर्वानुमान गर्ने निकाय र विज्ञहरुबाट फागुन २१ मौसम अनुकूल हुने जानकारी प्राप्त भएको छ,” उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार