logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रधानमन्त्री कार्कीको निर्देशन


  • राजनीति
  • शुक्रबार, फाल्गुन १ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छन्।

ताप्लेजुङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार आयोजित छलफलमा प्रधानमन्त्री कार्कीले सुरक्षा व्यवस्था मजबुत बनाउन र मतदाताको व्यापक सहभागिता सुनिश्चित गर्न मुख्य निर्वाचन अधिकृत र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई दिएकी हुन् ।

उच्च हिमाली भेगका मतपेटिका व्यवस्थापनका लागि आवश्यक तयारी भइसकेको पनि उनले स्पष्ट पारिन्। मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

ताप्लेजुङ पुगेकी प्रधानमन्त्री कार्कीले पाथीभरा मन्दिरको दर्शन गर्दै शान्तिपूर्ण निर्वाचनको कामना गरेकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार