logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आगामी एक हप्ताभित्र कांग्रेस बहुमत ल्याउने तहमा पुग्ने विश्वप्रकाशको दाबी


  • राजनीति
  • आइतबार, फाल्गुन ३ २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेस अहिले जनताको विश्वास जित्ने गरी अगाडी बढेको बताएका छन् ।

पार्टी मुख्यालय सानेपामा जसपाका नेताहरुलाई कांग्रेसमा स्वागत गर्दै शर्माले आगामी निर्वाचनमा बहुमत नजिक पुग्ने गरी परिवर्तित अवस्थामा जनताको विश्वास जित्नेगरी अघि बढेको बताए । नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति जनविश्वास बढ्दै गएको उनको बताए ।

अहिलेको अवस्थामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने भन्दै उनले यही गतिमा जनमत बढ्दै गए आगामी एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्ने दाबी गरे । जेनजी आन्दोलनपछि सबै भन्दा नयाँ पार्टी नेपाली कांग्रेस भएको उपसभापति शर्माको भनाई रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार