logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

नेमकिपाको घोषणापत्र : भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरौं


  • राजनीति
  • आइतबार, फाल्गुन ३ २०८२

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको घोषणपत्रमा भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रिय करण गर्नुपर्नेमा जोड दिइएको छ । ठूला भ्रष्टचारीहरुलाई मृत्यु दण्डको सजाय समेत गर्नुपर्ने कुरा घोषणापत्रमा उल्लेख गरिएको पार्टीका सचिव प्रेम सुवालले बताए ।

त्यसैगरी विश्वविद्यालयका कुलपति, रेक्टर, रजिष्ट्रारहरू, संवैधानिक आयोगका पदाधिकारी, सेना र प्रहरीका प्रमुख, न्यायालयका न्यायाधीशहरूको सम्बन्धित क्षेत्रबाट निर्वाचित गराएर नियुक्त गर्न आवाज उठाइने प्रतिबद्धता पनि गरिएको छ । सचिव सुवालले सर्वसाधारण जनतालाई थप सेवासहित स्वास्थ्य बीमाको उपचार प्रभावकारी बनाउन जोड दिइने बताए ।

सुवालले सहकारीमार्फत घर-घरमा काम गर्ने, कुटीर व्यवसाय, ससाना घरेलु र साना उद्योगको बन्दोबस्त गराउन सकेसहकारी संस्थाहरूमा भइरहेको ठगी नियन्त्रण हुने भएकाले सो काम गर्नका लागि पहल गरिने बताए ।

आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । सोही निर्वाचनलाई लक्षित गरेर विभिन्न राजनीतिक दलहरुले चुनावी (प्रतिबद्धता पत्र) घोषणापत्र सार्वजनिक गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार