logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपा (बहुमत) ले गर्यो भोली नेपाल बन्दको घोषणा


  • राजनीति
  • सोमबार, फाल्गुन ४ २०८२

काठमाडौं । धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले फागुन ५ गते (भोली) नेपाल बन्दको घोषणा गरेको छ ।

पार्टीका महासचिव कञ्चनले आज एक विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनि सभा निर्वाचन खारेज गर्नुको साथै स्वाधिन संयुक्त सरकार गठनको मागसहित भोलीको नेपाल बन्द सफल पार्न अपिल गरेका छन् ।

निर्वाचन खारेज, वैदेशिक उत्पीडन र हस्तक्षेप विरुद्ध संघर्ष गर्न, राष्ट्रिय स्वाधिनताको रक्षा गर्न र स्वाधिन संयुक्त सरकार स्थापनाको बाटोमा अघि बढ्न फागुन ५ गते पार्टीले नेपाल बन्द आयोजना गरेको महासचिव कञ्चनको भनाई रहेको छ ।

“यो बन्दलाई अभूतपूर्व र ऐतिहासिक बनाउनका लागि सहयोग र समर्थन गर्न सम्पूर्ण राष्ट्रिय उद्योगी, यातायात व्यवसायी, व्यापारी, विद्यालय, कलेजहरु, बुद्धिजीवी, सञ्चार जगत लगायत सबैलाई हाम्रो पार्टी विनम्र अनुरोध गर्दछ,” महासचिव कञ्चनद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै पार्टीले जनसंविधान निर्माण गरी अघि बढ्न, स्वास्थ, शिक्षा र यातायात निःशुल्क गर्न, भ्रष्टाचार, महंगी र कलोबजारी अन्त्य गर्न, स्वास्थ, शिक्षा लगायतको क्षेत्रमा भएको निजीकरणको अन्त्य गर्न, सुकुम्बासी, भूमिहिन किसानलाई जमिनको व्यवस्था गर्न लगायतका मागका लागि नेपाल बन्द गनुृपरेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार