logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

बन्द देश र जनताको हितका खातिर बाध्यतात्मक अपरिहार्यता : महासचिव आजाद


  • राजनीति
  • मंगलबार, फाल्गुन ५ २०८२

काठमाडौं । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का महासचिव उषाकिरण आजाद कामीले आजको नेपाल बन्द देश र जनताको हितका खातिर बाध्यात्मक अपरिहार्यता भएको बताएका छन् ।

महासचिव आजादले सामाजिक सञ्जाल फेसबुकमार्फत् एक स्टाटस जारी गर्दै आजको नेपाल बन्द सफल पार्न सबैलाई सहयोग गर्न अनुरोध गर्दै यस्तो बताएका हुन् । ०७९ मा केही थान सेना प्रहरीको दुरुपयोग गरेर तत्कालीन सरकारले जबरजस्ती निर्वाचन लादेपछी देश खारानी बनेको उनको भनाई रहेको छ ।

देश जल्दा सेना र प्रहरीले रोक्न नसक्नुको जिम्मा निर्वाचन गर्ने र गराउनेहरूले लिनुपर्छ कि पर्दैन ? भन्दै उनले जनताको असन्तुष्टिको सम्बोधन नगरिकन अब पनि जबरजस्ती निर्वाचन जनतामाथी थोपर्दा देश बर्बाद हुने त्यतिबेला पनि सेना प्रहरीले होल्ड गर्न नसक्ने बताए ।

“देशका समस्या समाधान नगरी बन्दुकको बलमा गरिने निर्वाचनले नेपाल देशलाइ थप क्षतीतिर लैजाने भयानक खतरा पैदा हुँदै छ, त्यसबाट बचाउन आजको एक दिने बन्द सफल पारौं ! देशको हितमा ! दिन दुख गरौं !! अफ्ट्यारो नमानौं,” महासचिव आजादले सामाजिक सञ्जालमा लेखेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनि सभा निर्वाचन खारेजीका साथै स्वाधिन संयुक्त सरकार गठन लगायतका विभिन्न माग राखेर नेकपा बहमुतले आज नेपाल बन्दको आहवान गरेको छ । देशका अधिकांश स्थानमा बन्दको प्रभाव परेको छ भने स्कुल, विद्यालय तथा कलेजहरुले सूचना जारी गरेर आज पठनपाठन बन्द हुने जानकारी गराएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार