राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषी कट्टेल पक्राउ परेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन बोथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले अध्यक्ष कट्टेललाई पक्राउ गरेको हो । उनलाई कीर्तिपुरबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
प्रहरीले हिजो नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलासहित २ जनालाई पक्राउ गरेको थियो ।