राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नागरिक्ता रद्द गरी पाँच वर्ष कैद सजयाको माग गरी गृहमन्त्रालयमा उजुरी परेको छ ।
शुक्रबार काठमार्डौ ३१ का युवराज सफलले गृह मन्त्रालयमा वरिष्ठ नेता शाहविरुद्ध उजुरी दिएका हुन् । शाहले आफूखुसी थर परिवर्तन गरेकाले उनको नागरिकता रद्द गरी पाँच वर्ष कैद गर्न तथा १ लाख जरिवाना गर्न पनि सफलले माग गरेका छन ।
बालेनले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा साह थर भएपनि काठमार्डौको मेयर भएपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर शाह बनाएको उजुरीमा दाबी गरिएको छ ।
उनले झुटो विवरण पेस गरेर थर परिवर्तन गरेकाले तत्काल पक्राउ गरि आवश्यक कारबाही गर्न उजुरीमा माग गरिएको छ ।