logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की


  • राजनीति
  • शुक्रबार, फाल्गुन ८ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि तोकिएकै मितिमा निर्वाचन हुने बताएकी छिन् ।

निर्वाचनको तयारीबारे बुझ्न शुक्रबार मुस्ताङ पुगेकी प्रधानमन्त्री कार्कीले देशभर एकै पटक निर्वाचन हुने भन्दै निर्वाचनलाई स्वच्छ, भयरहित र विश्वसनिय बनाउन निर्देशन समेत दिएकी छिन् ।

जोमसोमस्थित इन्द्रबक्स गणमा मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलको उपस्थितिमा आयोजित निर्वाचन लक्षित छलफलमा प्रधानमन्त्री कार्कीले मुस्ताङसहित सबै हिमाली जिल्लामा तोकिएकै समयमा निर्वाचन हुने जानकारी दिएकी हुन् ।

कार्कीले भनिन्, “मतपत्र आउँदैछ, अन्य तयारी पूरा गर्नुहोला, अब मतपत्रमा मतदाताले छाप लगाउने काम मात्रै बाँकी छ ।”

वर्तमान सरकारको पहिलो र प्रमुख जिम्मेवारी निर्वाचनपछिको जनादेशलाई हस्तान्तरण भएकाले निर्वाचन सफल बनाउन राजनीतिक दल, नागरिक समाजसहित सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको उनले बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार