राजनीति
काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी रहेको छ ।
पछिल्लो केही दिन यता दाङ, रौतहट लगायतका विभिन्न जिल्लामा भैरहेका धार्मीक तथा राजनीतिक घटनासँग केन्द्रीत रहेर शनिबार मन्त्रालयमा समितिको बैठक बसेको हो । गृहमन्त्री एवम् समितिका अध्यक्ष ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा तीनवटै सुरक्षा निकायका उच्च अधिकारीहरुको उपस्थिति रहेको छ ।
बैठकमा विशेषगरी मधेश–तराईमा देखिएको जातिय, धार्मिक र निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका विषयमा छलफल भैरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उक्त विषयमा छलफल भई आवश्यक निर्णय हुनेछ ।