logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

साम्बाको उपचारका लागि कांग्रेसले गर्यो ५ लाख सहयोग


  • राजनीति
  • मंगलबार, फाल्गुन १२ २०८२

काठमाडौं । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारको लागी ५ लाख आर्थिक सहयोग गरेको छ ।

केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति जारी गर्दै साम्बाको उपचारको लागी पार्टीले आर्थिक सहयोग गर्ने जानकारी गराएका हुन ।

“नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खाता नं. ३४४०१०१०००११३७ मा रू. ५,००,०००।– (पाँच लाख रुपैयाँ) जम्मा गरिएको छ ।,” मुख्य सचिव दुलालद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सभापति गगन थापाले देशको प्रतिष्ठा बढाउँन महत्वपुर्ण योगदान गनुभएका प्रसिद्ध फुटबल खेलाडी साम्बा प्रति उच्च समान व्यक्त गर्दै पार्टिको तर्फबाट आर्थिक सहयो गरिएको यतिबेला हामी सबैले उनलाई साथ दिन जरुरी रहेको बताएका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसले खेलकुदलाई मनोरञ्जनबाट माथि उठाई राष्ट्रिय पहिचान र राष्ट्र निर्माणमा युवा सहभागिताको मेरुदण्ड बनाउने संङकल्प समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार