logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

परराष्ट्र मन्त्री शर्मा र चिनियाँ राजदूत चाङबीच भेटवार्ता


  • राजनीति
  • बुधबार, फाल्गुन १३ २०८२

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ ।

राजदूत चाङ बुधवार सिंहदरबारस्थित मन्त्री शर्माको कार्यकक्षमा पुगेर उनीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालमा यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । निर्वाचनका लागि छिमेकी मुलुक चीनले ४ मिलियन अमेरिकी डल बराबरको नगद अनुदान सहायता प्रदान गर्ने प्रस्ताव नेपाल सरकार मन्त्रीपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय समेत गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार