राजनीति
काठमाडौं । सर्वाेच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई रिहा गर्न आदेश दिएको छ ।
बिहिवार न्यायाधीशद्धय कुमार रेग्मी र नित्याण्ड पाण्डेको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिट आदेश जारी गरेको हो । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
महासचिव बास्तोलाई पक्राउ गरेपछि गृह मन्त्रालयसहितलाई विपक्षी बनाएर सावित्रि कुमारी वलीले सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।