logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

६१ स्थानका मतपेटिका हेलिकप्टरबाट गणनास्थल पुर्याइने


  • राजनीति
  • बुधबार, फाल्गुन २० २०८२

काठमाडौं । निर्वाचन आयोगले मत पेटिका हेलिकप्टरबाट गणनास्थल पुर्याइने जनाएको छ ।

बुधवार आयोगले गरेको पत्रकार सम्मेलनमार्फत् पत्रकार कृष्णबहादुर राउतले १५ जिल्लाका ६१ स्थानबाट मत पेटिका संकलन गरी गणनास्थल पुर्याइने जानकारी दिए ।

उनले भने, “ताप्लेजुङदेखि दार्चुला सम्मका १५ जिल्लाका ६१ स्थानबाट मतदानपछिका ब्यालेट बक्स हेलिबाट संकलन हुन्छ । अरु सवारी साधनबाट हुन्छ । त्यसका लागि ढुवानीको रकम जिल्ला निर्वाचन कार्यालयमा पठाइएको छ । सबै सुरक्षा निकायको समन्वयमा मतपत्रसहितको मत पेटिका ल्याइन्छ ।”

उनका अनुसार डोल्पाका २३ र हुम्लाका ४ स्थानमा हेलीबाट मतपत्र, मतपेटिका कर्मचारी र सुरक्षाकर्मी पनि हेलिकप्टरबाट पठाइएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार