logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूले शपथ


  • राजनीति
  • सोमबार, फाल्गुन २५ २०८२

काठमाडौं । गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित सांसदहरूले शपथ लिएका छन्।

आज दिउँसो सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

विशेष समारोहका बीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद निर्वाचित भएका थिए। ५९ सदस्य राष्ट्रिय सभामा एक तिहाईका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ। जसअनुसार यही फागुन २० मा १९ जना सांसदहरूको कार्यकाल सकिएको थियो। एकजना सांसद भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान रहेको छ।

माघ ११ गते भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले तालमेल गरेका थिए भने नेकपा सहितका अन्य दलहरु एक्ला एक्लै निर्वाचनमा होमिएका थिए ।

निर्वाचनमा कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल मधेश प्रदेशबाट महन्थ ठाकुर, धर्मेन्द्र पासवान, रन्जित कर्ण र रेखा झा निर्वाचित भएका थिए।

बागमती प्रदेशबाट गीता देवकोटा र डाक्टर प्रेम दङ्गाल गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जङ्गली र चन्द्रबहादुर केसी कर्णाली प्रदेशबाट ललित जंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्म बहादुर खाती र लीला भण्डारी निर्वाचित भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार