राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् ।
नेपालमा सम्पन्न प्रतिनिधि सभा चुनावपछि रास्वपाले प्राप्त गरेको सफलतापछि भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन संवादमा रास्वपाका सभापति र वरिष्ठ नेता बालेनसँग टेलिफोन संवादमा बधाई तथा शुभकामना दिएका हुन् ।
मोदीले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस जारी गर्दै सभापति लामिछाने र नेता शाहसँग टेलिफोन संवाद भएको जानकारी दिएका हुन् । चुनावमा शानदार सफलता प्राप्त गरेकोमा मोदीले रवि र बालेन दुवैलाई बधाई दिएका छन् ।
मोदीले भारत सरकार नेपालको नयाँ नेतृत्वसँग सहकार्य गर्दै दुवै देशको समृद्धि, प्रगति र जनताको हितका लागि काम गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । यस्तै उनले दुई देशबीचको संयुक्त प्रयासले भारत र नेपालको सम्बन्ध आगामी वर्षहरूमा नयाँ उचाइमा पुग्ने विश्वास लिएको बताएका छन् ।