राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा केही समय अघि सुरु भएको बैठक जारी रहेको छ । बैठकमा सभापति रवि लामिछाने अस्वस्थ भएका कारण भौतिक रुपमा उपस्थित हुन नसकेपनि भर्चुअल माध्यमबाट सहभागी भएका छन् ।
आजको बैठकले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित हुने उम्मेदवारहरुको अन्तिम नामावली टुंग्याएर निर्वाचन आयोगमा बुझाउने निर्णय गरिने जनाइएको छ । समानुपाति सूचीबारे अन्तिम निर्णय गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज सचिवालय बैठक बोलाइएको जनाइएको छ ।
बैठक अघि रास्वपा प्रवक्ता मनिष झाले नयाँ सरकार गठन हुन अझै १० दिन जति लाग्ने जानकारी दिएका छन् ।