राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृतिशोकमा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गरेका छन् ।
मंगलबार राष्ट्रपति पौडेलले अध्यक्ष ओलीको भक्तपुरको गुन्डुस्थित निवासमा पुगेर पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली अपर्ण गर्दै परिवारप्रति समवेदना प्रकट गरेका हुन् ।
भेटका क्रममा उनले शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै गहिरो सहानुभूति एवम् समवेदना प्रकट गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते ९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।