logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सभापतिको राजीनामा अस्वीकृत गर्छाैं : उपसभापति शर्मा


  • राजनीति
  • बिहिबार, चैत्र ५ २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन कुमार थापाले दिएको राजीनामा अस्वीकृत हुने जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत् उपसभापति शर्माले कांग्रेस केन्द्रीय समिति बैठकमा प्रारम्भिक समिक्षा, सभापतिको राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुने जानकारी दिएका छन् ।

नैतिक जिम्मेवारी लिन्छु भन्नु सकारात्मक भए पनि सभापतिको प्रधान दायित्व वर्तमान स्थितिलाई सम्हाल्नु रहेको उनले उल्लेख गरेका छन । डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत नहुने उपसभापति शर्माको भनाई रहेको छ ।

सभापति गगन थापाले उपसभापति शर्मालाई राजीनामा पत्र बुझाएको बताइएको छ ।

उपसभापति शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “`नैतिक जिम्मा लिन्छु´ भन्नू सकारात्मक l तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो l बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ l डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन ! जय नेपाल !”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार